सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

धनगढीः सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रवार ३८३ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सीमानाकामा गरिएको एन्टीजेन परीक्षणमा संक्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। यहाँका भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरेर स्वदेश भित्रिने सबैको कोरोना परीक्षणपछि मात्रै भित्रिन दिइएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

SHIKHAR COOL TECH

सुदूरपश्चिममा हालसम्म ६ लाख ५४ हजार ४७१ जनाको कोरोना परीक्षण गरिएकोमा ६२ हजार १८७ जनामा संक्रमण देखिएको छ। सङ्क्रमणका कारण हालसम्म ६३५ जनाको ज्यान गइसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार