काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले, चरम दलगत र गुटगत राजनीतिभन्दा माथि उठ्न आह्वान गरेका छन् ।
नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले नयाँ वर्षको सुरुवातसँगै राष्ट्रिय समृद्धिका लागि दलतग र गुटगत राजनीतिभन्दा माथि उठ्न आह्वान गरेका हुन् ।।
‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पु¥याउन सक्नेछ ।’– उनले भनेत्यस्तै व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई राष्ट्रपतिले आह्वान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्