‘हाम्रो पार्टी ‘मिसन ग्रासरुट’ अभियान छ, एमालेलाई जनताको पार्टी बनाउछौं’- पूर्वअर्थमन्त्री पौडेल

डडेल्धुरा, नेपाल कम्युनिष्ट पार्टी एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले डडेल्धुरा पुगेर जनताका समस्या सुन्ने पार्टी निर्माण गर्ने बताएका छन । नेकपा एमालेले देशव्यापी रुपमा सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन ।

नेकपा एमाले डडेल्धुराको आयोजनामा बुधवार जिल्ला सदरमुकाममा सञ्चालन भएको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेलले जिल्लामा बलियो पार्टी निर्माण नगरेसम्म आफूहरुले बिश्राम नलिने प्रतिबद्धता ब्यक्त गरे ।

Dengue

स्थानीय तह निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले सोचेजति परिणाम हासिल गर्न नसकेको भन्दै उनले अब आउने निर्वाचनमा तागत, प्रतिष्पर्धा र जित हात पार्छौ भन्ने उद्देश्यले अघि बढ्न आह्वान गरे ।

कारणबस नेकपा एमाले निर्वाचनमा पछि परेको जिकीर गर्दै पौडेलले त्यसलाई कमजोरी नठान्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले पार्टीको केन्द्रिय नेतृत्व र प्रदेश नेतृत्वले सधैँ डडेल्धुरा जिल्लाको पार्टी नेतृत्वको कामलाई बिशेष महत्व दिने स्पष्ट पारे ।

उनले अहिले नेकपा एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाइरहेको भन्दै यो अभियानबाट उपलव्धी चाहेको बताएका छन । नेकपा एमाले हरबखत जनताको सुख, दुखसंग जोडिएर अघि बढ्न चाहेको पनि एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेलले उल्लेख गरेका छन ।

यस्तै उनले अहिले बनेको १० दलिय गठबन्धनको कुनै भविष्य नभएको टिप्पणी गरे । गठबन्धन दलका नेताहरुलाई देशको समस्या नभई कुर्सी प्यारो भएको उनले जिकीर गरे ।यसैबिच नेकपा एमालेको ‘घर फर्क अभियान’ अन्र्तगत आजै तिनजना एमालेमा प्रवेश गरेका एमाले जिल्ला कमिटी सचिव गजेन्द्र शाहिले जानकारी दिए । जसमा अमरगढी नगरपालिका १ बाट समाजवादीका रुद्रबहादुर ऐर, गन्यापधुराका बसन्तीदेवी महता र अमरगढी नगरपालिका ३ का धनबहादुर पाण्डेय रहेका छन ।

भेलामा नेकपा एमालेका सुदूरपश्चिम ईन्चार्ज लेखराज भट्ट, सह ईन्चार्ज कर्ण बहादुर थापा, केन्द्रिय सदस्य भैरव बहादुर सिँह, गौरी संकर चौधरी, सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार