सुदूरपश्चिमका भौतिक पूर्वाधारमन्त्रीको निर्देशन– तत्काल लालपुर्जा वितरण गर्नुहोस्

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले तत्काल लालपुर्जा बितरण गर्न निर्देशन दिएका छन्।

भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र पदाधिकारीसँग बुधबार मन्त्रालयमै छलफल गर्दै मन्त्री देउवाले प्रकृया पूरा गरेर जतिसक्दो चाँडो भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण गर्न निर्देशन दिएका हुन्। बुधबार भेटवार्ताका क्रममा मन्त्री देउवाले अव्यवस्थित तथा सुकुम्वासी, भूमिहिनहरुलाई व्यवस्थित पार्ने विषयमा भईरहेको कार्यप्रगतिका बारेमा चासो राखेका थिए.उनले जग्गा नापीका कार्यालाई तिब्र पारी तत्काल लालपूर्जा वितरण गर्न भने । जनशक्ति थपेर भए पनि चाडो भन्दा चाडो जनताको हातमा पूर्जा उपलब्ध गराउने पर्ने भेटघाटका क्रममा मन्त्री देउवाले बताए। उनले भने, ‘जग्गा नाप नक्सा र अन्य कार्य तीब्र गतिमा अघि बढाई लालपुर्जा बितरणको कार्य तत्काल सुरु गर्नुहोस्’ उनले भने । मन्त्री सँगको भेटपछि आयोगका अध्यक्ष उपाध्यायले प्रकृया अघि बढिरहेको र अब अझै तीब्रता दिइने बताए।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार