आज शेयर बजारमा केहि सुधार, नेप्से दुई हजार २७ अङ्कमा पुग्यो

काठमाडाैं – आज शेयर बजारमा केहि सुधार भएको छ । बिहान ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा चार दशमलव ५५ अङ्कले बढेको हो ।

आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ । आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ । सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो ।

Dengue

आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार