मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई आज स्वीट्जरल्याण्ड जाँदै

काठमाडौं – संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन परराष्ट्रमन्त्री विमला राई पौड्याल आज स्वीट्जरल्याण्ड जाँदै हुनुहुन्छ। मानवअधिकार परिषद्को बैठकमा सहभागिता जनाउन उहाँ स्वीट्जरल्याण्ड जान लाग्नुभएको हो ।

मन्त्री पौडेलका अनुसार भ्रमणका क्रममा राष्ट्रिय मानव अधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल हुनेछ । मानव अधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानव अधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको थियो । मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

Dengue

सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड पनि शुक्रबार कतार जाने कार्यक्रम छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री २२ र परराष्ट्रमन्त्री २३ गते फर्किने कार्यक्रम छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार