डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत

काठमाडौं –  बुधबार राजीनामा दिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

जन्ममिति विवादका कारण सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका थिए । प्रहरी प्रधान कार्यालयले उक्त राजीनामा पत्र गृह मन्त्रालयमा पठाएको थियो । प्रहरीको उच्च अधिकारीको राजीनामा गृह मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत गर्ने व्यवस्था छ ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार