बहराइनका राजाले प्रदान गरे सन्दुक रुइतलाई १४ करोड रुपैयाँ बराबरको पुरस्कार

काठमाडौँ – नेपालका वरिष्ठ नेत्र विशेषज्ञ डा.सन्दुक रुइतले बहराइनका तर्फबाट झन्डै १४ करोड रुपैयाँ बराबरको पुरस्कार पाएका छन् ।

मंगलबार बहराइनका राजाले राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा एक समारोहकाबीच डा.रुइतलाई नेपाली रुपैयाँ १४ करोड बराबरको ‘इशा अवार्ड’ प्रदान गरिएको छ । उनले ३० वर्षभन्दा बढी समय ‘मानवताका लागि सेवा’ गरेका कारण बहराइनका राजा हमाद बिन इसा अल खालिफाले प्रतिष्ठित अवार्ड, रुकम र सम्मानपत्र सहित सम्मान दिएका हुन् ।

Dengue

सन् २००९ मा आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापना गरिएको यस्तो सम्मान प्रत्येक दुई वर्षको अन्तरालमा विश्वका जुनसुकै देशमा मानवतावादी सेवा गर्नेहरुलाई दिने गरिएको छ । डा.रुइतले नेपाल लगायत विश्वका धेरै देशमा गएर आँखा उपचारको सेवा प्रदान गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार