भोटेबहाल तयारी पोशाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा भोली

काठमाडाैं – भोटेबहाल तयारी पोशाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा भोली हुने भएको छ । भोली शनिवार सातौँ बार्षिकसाधारण सभा तथा चौथो अधिवेशन सम्पन्न गर्ने महासचिव विष्णु प्रसाद गौतमले बताउनुभयो ।

यसैगरि साधारणसभाबाट नयाँ कार्यसमिति चयन हुनेछ । नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम ले निर्वाचन संयोजकको जिम्मेवारी सम्हाल्नुहुनेछ । पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रमुख अतिथिमा आयोजना हुने उक्त कार्यक्रममा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, नरेश कटुवाल, निर्वाचन प्रमुख हरि गौतम, राजेन्द्रमान सिँह, उदय चुडामणी शर्मा, बालकृष्ण महर्जन, प्रमोद चौधरी, चिनिकाजी महर्जन, आत्रिक राजश्वका कार्यालय त्रिपुरेश्वरकाबाट जगदिश्वर उपाध्याय सहभागी हुनेछन् । यसैगरी संघका पदाधिकारी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीको उपस्थिति रहनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार