मोटरसाइकल दुर्घटनामा परी दाजुभाईको मृत्यु

सिन्धुली — मदन भण्डारी लोकमार्ग अर्न्तगत सिन्धुलीको मरिण गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

वडा नम्बर ७ महेश्वता क्याम्पस चोक नजिक लोकमार्गमा भएको दुर्घटनामा परी वडा नम्बर ४ का ३३ वर्षीय जितेन्द्र माझी र मेषबहादुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल लोकमार्गको बायाँ किनारमा रोकिरहेको ट्याक्टरमा ठोक्किएर दुर्घटना भएको थियो ।

Dengue

दुर्घटनामा सख्त घाइते भएका माझी दाजुभाइको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किशोर ढुंगानाले जानकारी दिए । रातको समयमा तीव्र गतिमा रहेको मोटरसाइकलले पार्किङमा राखेको ट्याक्टर नदेख्दा दुर्घटना भएको हुन सक्ने प्रहरीको आकलन छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार