सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त, फेरिन सक्छ सत्ता समिकरण

काठमाडौँ –– सुदूरपश्चिम प्रदेशका म्ुख्यमन्त्री राजेन्द्र रावलको पदमुक्त भएका छन्ु । बिहिबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत मागेका थिए । रावलले मागेको विश्वासको मत सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि रावलको पक्षमा भन्द विपक्षमा बढी मत आएको थियो । मुख्यमन्त्रीले सपथ ग्रहण गरेको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज रावलले विश्वासको मत मागेका थिए । विश्वासको मत नपाएपछि रावल स्वतः पदमुक्त भएका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका रावल पदमुक्त भएसँगै सत्ता समिकरण फेरिने आकलन गरिएको छ । यता प्रधानमन्त्री प्रचण्डसँग नेपाली काँग्रेसका उच्च तहका नेताहरुले भेटघाट बढाएका छन् । आज मात्रै काँग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार