सडकमा तरकारी फालेर चितवनका किसानले गरे प्रदर्शन

काठमाडौँ – उचित मूल्य नपाएको भन्दै चितवनका किसानले तरकारी सडकमा फ्याँकेर विरोध जनाएका छन् । आफूले उत्पादन गरेको तरकारीले बजार नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेका हुन् ।

आफूले दुःख झेलेर उत्पादन गरेका गोलभेँडा, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि नारायणगढको पुल्चोकको सडकमै फालेर सरकारको ध्यानाकर्षण गराएको किसानहरुले बताएका छन् ।

Dengue

बारीमै कुहिने अवस्थामा पुग्दा पनि बजारीकरणको लागि सरकारले कुनै पहल नगरेको उनीहरूको आरोप छ । चितवनमा उत्पादन भएका तरकारी नबिके पनि भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसानहरुले बताएका छन् । भारतीय उत्पादनबाट आफूहरू मार परेको उनीहरूले गुनासो गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार