बझाङ आलुमा आत्मनिर्भर

बझाङ – बझाङ जिल्ला आलुमा आत्मनिर्भर हुदै गएको छ । पछिल्लो केहि बर्ष यता जिल्लामा आलुको उत्पादन र व्यावसायिक खेती बढदै गएपछि आत्मनिर्भर बन्दै गएको हो । प्रधानमन्त्रि कृषि आधुनिकिकरण परीयोजना परीयोजना कार्यान्वयन इकाइ बझाङले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सो कुरा जानकारी गराइएको हो ।

आइतबार सदरमुक चैनपुरमा सञ्चालन भएको साना सिचाइ प्राथमिक प्रशोधन तथा भण्डारण स्थापना कार्यक्रम छनौट समुह,सहकारी तथा कृषि फर्ममा पदाधिकारीहरुलाइ कार्यक्रम कार्यान्वयन सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै कृषि ज्ञानकेन्द्रका प्रमुख टेक बहादुर बिष्टले आलु उत्पादनमा जोड दिन थालेपछि जिल्ला आलुमा निर्भर भइ बाहिर जिल्लाको आलु जिल्लामा आयात हुन छोडेको बताए । विगतमा आयात हुने आलु यतिबेला आलुजोन , कृषि ज्ञानकेन्द्र ,स्थानीय तह सँग कृषकहरुको मेहनतले स्थानीय उत्पादनले भरिन थालेको छ भने यस बर्ष ५ देखी ७ करोडको आलु बाहिर जिल्ला निर्यात गरेको कृषि ज्ञान केन्द्रको तथ्याङकमा उल्लेख गरीएको छ ।

पुस महिनामा धनगढिमा लागेको महोत्सबमा मात्र बझाङको आलुको ४० देखी ५० लाख सम्मको व्यापार भएको कृषि ज्ञान केन्द्रका प्रमुख बिष्टले बताए । हाल बझाङ जिल्लामा हिउदे बर्षे गरि १ हजार १ सय ५५ हेक्टर क्षेत्रफमा आलु खेती गरीने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख बिष्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार