डा. दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतासलाई पवन आलोक नियात्रा पुरस्कार

काठमाडौं – बि. स. २०७८ सालको पवन आलोक नियात्रा पुरस्कार बरिष्ठ साहित्यकार डा. दामोदर पुडासैनी किशोरको नियात्रा सँग्रह ग्रीष्मको नीलो बतासलाई प्रदान गरिएको छ । बि सं २०७८ मा प्रकाशित कृतिहरू मध्य डा . पुडासैनीको ग्रीष्मको नीलो बतास सर्वोत्कृष्ट ठहरिएकोले उहाँलाई काठमाडौमा बिहिबार राजधानीमा आयोजित भव्य समारोहमा उहाँलाई नगद पुरस्कार रू २५०००। सहित दोसल्ला, शिरपोस र सम्मानपत्र समेत प्रदान गरियो । रेखा कँडेलद्वारा संस्थापित पवन आलोक नियात्रा पुरस्कार समर्पण समारोह नियात्रा समाज नेपालले आयोजना गरिएको थियो ।
कार्यक्रममा डा. दामोदर पुडासैनीलाई प्रमुख अतिथि धनश्याम राजकर्णीकारले सम्मान पत्र अर्पण गर्नुभएको थियो भने नियात्राकार पवन आलोकले नगद रु २५ हजार र दोसल्ला अर्पण गर्नुभएको थियो । सभाध्यक्ष प्रतीक ढकालले पवन आलोक पुरस्कार अँकित विशेष टोपि सहित सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित वक्ताहरुले डा . दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास जस्तो सर्वोत्कृष्ट नियात्रा कृतिले पुरस्कार पाऊँदा नियात्रा समाज नेपाल र पुरस्कार सँस्थापक दुबैको गरिमा बढेको धारणा राख्नुभएको थियो ।
कार्यक्रमका बक्ताहरू श्रीओम श्रेष्ठ,महेश पौडेल , जय छाड्॰छा, मोहन चापागाईँ, चन्द्रप्रसाद भट्टराई र प्रतीक ढकालले डा. पुडासैनीले नियात्रा साहित्यलाई विशेष उचाईमा पुर्याउनुभएको धारणा ब्यक्त गरेका थिए । नियात्राको नाममा सपाट बयान र ब्यक्तिगत कुण्ठालेख्नेहरूको भीडलाई पन्छाउँदै डा पुडासैनीले नियात्रालाई नवीन शैली र बिषयको माध्यमद्वारा बिशेष स्थान कायम गर्नुभएको धारणा समेत उनीहरूले व्यक्त गर्नुभएको थियो ।

Dengue

डा. पुडासैनीको अर्को नियात्रा सँग्रह डोल्पो ! ओ डोल्पो!! यही २०७९ सालमा साझाप्रकाशनले प्रकाशमा ल्याएको छ । प्रकाशनको दुई महिना अबधिमै अत्यन्त चर्चामा रहेको डोल्पो! ओ डोल्पो! सर्वाधिक बिक्रीको सूचिमा स्थान जमाउन समेत सफल भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार