पर्यटन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब रु तीन लाख जम्मा

Call24News

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब रु तीन लाख जम्मा भएको छ । मन्त्री सुदन किरातीले मन्त्रीको पदभार ग्रहण गरेकै दिनदेखि खादा, माला र बुकेको प्रयोग नगर्ने घोषणा गर्दै त्यसको सट्टा सहयोग रकम सङ्कलन गरी दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने घोषणासहित उक्त सहयोग पेटिका राख्नुभएको थियो ।

मन्त्रालयमा राखिएको उक्त सहयोग पेटिकामा हालसम्म अनुमानित रु तीन लाख जम्मा भइसकेको मन्त्री किरातीका प्रेस संयोजक राजन राईले जानकारी दिनुभयो । उक्त रकम दुर्गम क्षेत्रको शिक्षा क्षेत्रमा सहयोग गरिने मन्त्री किरातीले बताउनुभयो ।

Dengue

यसैगरी सुझाव र जनगुनासो सङ्कलनका लागि ‘ई–हुलाक सेवा’ नामक फेसबुक पेज सञ्चालनमा ल्याइएको समेत मन्त्री किरातीले जानकारी दिनुभयो । देशको सापेक्षताअनुसार मन्त्रालयलाई सञ्चालन गर्न उहाँले सुझावसमेत माग गर्नुभएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार