बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने

बैतडी – बैतडीमा आगामी शुक्रबारदेखि टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। उक्त प्रतियोगिता दशरथचन्द नगरपालिका–११ बगलेखानको खेल मैदानमा हुनेछ।

नागार्जुन रणसैनी युवा क्लब बठ्ठाद्वारा आयोजना गरिएको १५औँ संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको क्लबका बरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए। प्रतियोगिताको विजेता टोलीले २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै उपविजेता टोलीलाई १५ हजार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ। गत संस्करणको टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो। रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार