हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ : उपाध्यक्ष अप्सरा (भिडियो)

काठमाडाैँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा विकास निर्माणका कार्यहरुले तिव्रता पाएको छ । उपहार खबरसँग कुराकानी गर्दै गाउँपालिका उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले विकास निर्माण तिव्र रुपमा अघि बढेको र सोहि बमोजिम अनुगमनको पाटोलाई समेत तिव्रता दिएको बताउनुभयो । गत मंसिरको आम निर्वाचनले काममा केहि अवरोध भएपनि पछिल्लो समय विकास निर्माणका योजनाले गति लिएको स्पष्ट पार्नुभयो । चालु आर्थिक बर्षमा विनियोजित बजेटको ५० प्रतिशत काम सम्पन्न भइसकेको र उपभोक्ताहरुलाई योजनाप्रति जिम्मेवार बनाउन प्राविधिक समेत सक्रिय रहेको बताउनुभयो ।

गोलिक विकटताभएको ठाउँमा समेत अनुगमनलाई निरन्तरता दिइरहेको र केहि समय अगाडी सेमिसेदाङमा समेत योजना अनुगमन गरेको बताउनुभयो । करिब ६ दिनको पैदल यात्रा गरेर समेत अनुगमन गरेको प्रष्ट पार्नुभयो । यसैगरि मेलम्ची घ्याङमा उपभोक्ताहरुले नबुझेर केहि त्रुटि देखिएकोले उहाँलाई सम्झाई बुझाई प्राविधिक स्टेमेटअनुसार काम गर्न सुझाव दिएको समेत उहाँले बताउनुभयो ।

Dengue

वडागत रुपमा एउटै योजनाको पटक पटक अनुगमन गर्नमा प्राविधिकहरु समेत सक्रिय रहेकोले हेलम्बुमा योजनाहरुको गुणस्तरमा कुनै कमी नरहेको बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार