एक सचिव पदका लागि डा. मिश्र सहित ३ जनाको नाम सिफारिस

काठमाडौँ – सचिव बढुवा सिफारिस समितिले एक सचिव(विशिष्ट श्रेणी) पदका लागि राजेन्द्र मिश्र सहित तीन जना सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(आज) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय डा. राजेन्द्र प्रसाद मिश्र डा.रेवती रमण पौडेल र यम प्रसाद पोखरेलको नाम सिफारिस गरेको बताइएको छ ।

Dengue

वन तथा वातावरण मन्त्रालयका सचिव पेम नारायण कँडेल अनिवार्य भएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो । सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । बढुवा सिफारिस समितिको सिफारिस अनुशार नै पहिलो नम्बरलाई बढुवा गरेको अवस्थामा डा. पौडेल सचिवमा बढुवा हुनेछन् ।

डा. पौडेल कृषि विभागको महानिर्देशकका रूपमा कार्यरत छन् भने दोस्रो नम्बरमा सिफारिस पोखरेल वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको महानिर्देशक हुन र तेस्रो नम्बरमा परेका डा. मिश्र कृषि विकास मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख छन् ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार