एमाले दार्चुलाका अध्यक्ष धामीको आरोप – ‘निर्वाचनमा सत्ताको चरम दुरुपयोग’

Call24News

काठमाडौँ – नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले गठबन्धनले निर्वाचनमा सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उपहार खबरको ‘सन्दर्भ संवाद’ कार्यक्रममा कुराकानी गर्दै अध्यक्ष धामीले दार्चुलामा गठबन्धनले चुनाव जित्न सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएका हुन् । ‘गठबन्धनका उम्मेदवारहरुले सत्ता र राज्य शक्तिको चरम दुरुपयोग गरेका छन्, राष्ट्रवादी शक्ति एमालेलाई हराउन गठबन्धनका उम्मेदवारहरुले राज्य शक्तिको दुरुपयोग गरेका छन्, अध्यक्ष धामीले भने, ‘एमालेले चुनाव हार्नु आफ्नो प्राविधिक कारणहरु होलान् तर गठबन्धनले राज्य शक्तिको दुरुपयोग गरेको हाम्रो र जनताहरुको ठहर हो ।’

Dengue

अध्यक्ष धामीले दार्चुलामा एमाले लोकप्रिय भएको पनि बताए । गठबन्धनले स्थानीय चुनावमा एमालेलाई पराजित गर्न नसकेको उनको भनाई थियो । एमाले लोकप्रिय भए चुनावमा त हार्नुभयो नि ? भन्ने हाम्रो प्रश्नमा धामीले भने, ‘एमालले चुनाव हार्नु प्राविधिक कारण हो, जनमत एमालेको पक्षमा बढेको छ ।’

धामी नौगाड गाउँपालिका दार्चुलाका पूर्व अध्यक्ष समेत हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार