फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश

काठमाडौँ – फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ। साविक विजेता फ्रान्सले बुधबार अल बेयत रंगशाला कतारमा भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे। खेलको सुरूवाती चौथो मिनेटमै फ्रान्सले अग्रता लिएको थियो। हर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई गोल गरेका थिए।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत अर्को गोल थप्यो। ७९ औं मिनेटमा फ्रान्सले अग्रता दोब्बर पार्‍यो। रान्दल कोलो मुआनीले बेन्चबाट मैदान छिरेको एक मिनेट नबित्दै गोल गरे। केलीयन एमबाप्पेले पेनाल्टी क्षेत्र भित्रबाट दिएको चलाखीपूर्ण पासको सदुपयोग गर्दै मुआनीले गोल गरे। मोरक्कोले पाएका केही राम्रा अवसर पटक पटक सदुपयोग गर्न नसक्दा फ्रान्सले सहज जित निकाल्यो।

Dengue

फ्रान्सले अब उपाधिका लागि फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। फाइनल आइतबार हुनेछ। अर्जेन्टिनाले मंगलबार राति क्रोएसियालाई हराउँदै उपाधि नजिक पुगेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार