काठमाडौँ – बिहे भोज खाएर दुई जय जना बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा तालाबन्दी गरिएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल अनुसन्धान नहुन्जेल सम्मका लागि बन्द गरिएको हो ।
नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बिहे भोज खाएकाहरुलाई ज्वरो आउने, पेट दुख्ने, पखाला लाग्ने समस्या भएपछि अस्पताल भर्ना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्