विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल खेलहरु आज मंगलबारबाट सुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा मंगलबार राति अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । कतारको दोहास्थित लुजेल रंगशालामा नेपाली समय अनुसार राति पौने १ बजे यो खेल सुरू हुनेछ ।

क्वार्टरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टी सुट आउटमा हराउँदै अर्जेन्टिना तथा ब्राजिललाई पेनाल्टी सुट आउटमै हराउँदै क्रोएसिया सेमिफाइनलमा पुगेका हुन् । यसअघि सन् १९७८ र १९८६ मा विश्वकप जितेको अर्जेन्टिना तेस्रो पटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको छ । यस्तै, सन् १९९१ मा युगोस्लाभियाबाट छुट्टिएर स्वतन्त्र राष्ट्र बनेको क्रोएसियाले सन् १९९८ मा पहिलो पटक विश्वकप खेलेको थियो । त्यतिबेला तेस्रो स्थान लिन सफल क्रोएसिया गत विश्वकपको उपविजेता रहेको थियो भने यसपटक इतिहासको पहिलो उपाधिको खोजीमा छ ।

Dengue

यो विश्वकपलाई विश्व फुटबलका सर्वकालिन महान खेलाडीमध्येका एक लियोनल मेस्सीको अन्तिम विश्वकपको रुपमा हेरिएको छ । यसैगरी, क्रोएसियाका पनि अहिलेसम्मकै सफल खेलाडी लुका मोड्रिचको लागि पनि कतार विश्वकप अन्तिम अवसर हुनसक्छ ।

विश्वकपको दोस्रो सेमिफाइनल खेलमा भोलि बुधबार राति साविक विजेता फ्रान्सले मोरक्कोको सामना गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार