काठमाडौं – सुनको भाउ तोलाको एक लाख रुपैयाँ नाघेको छ । लगातार बढेको सुनको भाउ शुक्रवार तोलामा ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ३ सय रुपैयाँ पुगेको हो ।
सुन बिहिबार तोलामा ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै अस्ति तोलाको ९९ हजार ३ सय रुपैयाँ थियो ।
त्यसैगरी शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्