कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा एउटा सालोको मृत्यु, अर्को घाइते

काठमाडौँ – भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ। हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो। भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए।

हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज भण्डारी गम्भीर घाइते छन्। घाइते जयराजलाई कोहलपुरको अस्पताल लगिएको छ। घटना मंगलबार बेलुकी करिब ९ बजेतिरको हो। हँसिया प्रहार गर्ने ढुंगाना घटनापछि फरार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान हुँदैछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार