प्रदेश १ लोक सेवाले माग्यो तीन सय बढी कर्मचारी

काठमाडौँ – प्रदेश १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतियोगिताबाट पदपुर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ। छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्।

पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग भएको छ। सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ।

आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।

 

सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार