दार्चुलाको नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत सुरु, दुवै देशका अधिकारीबीच छलफल, यस्तो भयो सहमति !

दार्चुला – दार्चुलाको सदरमुकाम खलङ्गालाई जोखिममा पार्ने गरी भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरेपछि दिउँसो नेपाल–भारत सीमा क्षेत्रमा भएको विवाद अहिले समाधान भएको छ ।

नेपाली नागरिकले तटबन्धको विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको भन्दै दिउँसो पुलमासमेत आवतजावत बन्द गरिएको थियो । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय र भारतको धार्चुलाका एसडीएमबीच कुराकानी भएपछि पुलमा आवतजावत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । दुवै देशका सरकारी कर्मचारीबीच भएको छलफलमा प्राविधिक टोलीले अध्ययन गरेपछि मात्रै भारतले तटबन्धन निर्माण गर्ने सहमति भएपछि सीमा नाका खुला गरिएको उनले बताए ।

Dengue

भारतले नेपालतर्फ महाकाली नदीको धार फर्काउने गरेर तटबन्ध निर्माण गरिरहेको भन्दै दार्चुलाका स्थानीयवासीले विरोध गरेका थिए । उनीहरूले विरोध गर्दा भारतीय पक्षले ढुङ्गा हानेको थियो । यस घटना चार जना नेपाली घाइते भएकाे स्थानीयले बताए पनि पुष्टि हुन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता शाहीले बताए ।

भारतले केही दिनयता तटबन्ध निर्माणलाई तीव्रता दिएको छ । नदीको धार परिवर्तन हुने गरी निर्माण भइरहेको तटबन्धले सदरमुकाम खलङ्गा जोखिममा पर्न सक्ने भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीयवासीले भारतसामु नेपाली प्रशासन निरीह भएको आरोप लगाउँदै तटबन्ध निर्माण कार्य तत्कालै रोकिनुपर्ने माग गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार