सबै खेलमा जीत निकालेको सुदूरपश्चिम उपाधिनजिक, १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा

काठमाडौँ – बागमती प्रदेशलाई ७ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेश राजधानीमा जारी वाई वाई यु–१९ पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहँदै फाइनल प्रवेश गरेको छ।

लिग चरणका सबै खेलमा स्पष्ट जित निकाल्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। बागमतीले प्रदेशले दिएको १ सय २५ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले १९.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

Dengue

समान्य लक्ष्य पछ्याएको सुदूरपश्चिमका लागि कप्तान अनुराग सिंहले अविजित ३९ रनको पारी खेल्दा गजेन्द्र बोहोरा १९ रनमा अविजित रहे। यसअघि ओपनर दीपक बोहोराले १७ रनको व्यक्तिगत स्कोर बनाउँदा अर्का दीपक बोहोराले १० रनको पारी खेले। यस्तै मिलन बोहोराले ३३ रन जोड्दा ९ रन अतिरिक्त पाएको थियो। बलिङतर्फ बागमतीका रोशन विकले २ विकेट हात पारे भने प्रतिक श्रेष्ठको नाममा एक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले २८.४ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय २४ रनको योगफल बनाएको थियो। प्रतिक श्रेष्ठले सर्वाधिक ४४ रनको पारी खेल्दा ओपनर सक्षम बस्ताकोटीले ३३ रनको योगदान दिए। रोशन बिक ३६ रनमा नटआउट रहे भने अन्य सात ब्याट्सम्यान शून्य रनमा पवेलियन फर्किएका थिए। बागमतीको इनिङलाई रोक्न आशास चन्दले ह्याट्रिकसहित ४ विकेट निकाल्दा हेमन्त धामीले ३, नरेन साउदले २ तथा युवराज खत्रीले १ विकेट लिए। लिग चरणका सबै खेलमा स्पष्ट जित निकालेर फाइनलमा स्थान बनाएको सुदूरपश्चिम प्रदेश १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। उता पराजित वागमतीले ६ खेलमा ८ अंक जोड्दै तेस्रो स्थानमा झरेको छ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार