धनगढीमा आन्दोलनकारी विद्यार्थीमाथि दर्जनौं सेल अश्रु ग्यास प्रहार

कैलाली – धनगढीमा ग्रेडरले विद्यार्थी किचेपछि उत्पन्न परिस्थितिलाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञाबीच विद्यार्थीले प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले निषेधाज्ञाकाबीच बिहानैदेखि धनगढीका मुख्य बजार एलएन चोकलगायत क्षेत्रमा प्रदर्शन गरेका हुन् । यसैबीच प्रहरीले दर्जनौं विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको छ । विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल आश्रुग्यास प्रहार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले निषेधाज्ञा उल्लंघन गरी प्रदर्शन भएकोले स्थितिलाई नियन्त्रणमा ल्याउन अश्रु ग्यास प्रहार गरी भिडलाई तितरवितर पारिएको जानकारी दिए । सो क्रममा ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको समेत उनले बताए । यसैबीच न्यायको लागि भएको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै दमन गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । बिहीबार धनगढीमा ग्रेडरले किच्दा पञ्चोदय माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । विद्यार्थीहरूले धनगढी–स्याउले सडक अवरुद्ध गर्नुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सो अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार