डोटीमा वडाध्यक्षको निधन

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष पुष्पराज जोशीको निधन भएको छ । बुधबार गाउँकार्यपालिकाको बैठक सकेर सानागाउँबाट घर फर्किने क्रममा जोशीको बाटोमै निधन भएको हो । उनी एक्लै घर गइरहेका बेला एक्कासी बाटोमा ढलेका थिए ।

उच्च रक्तचापका बिरामी रहेका जोशीको हृदयघातबाट मृत्यु भएको हुन सक्ने गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । जोशीलाई जिल्ला अस्पताल डोटीमा ल्याउँदासम्म मृत्यु भइसकेको अस्पतालका डाक्टर सोहन शाहले जानकारी दिए । ६५ वर्षीय जोशी ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार