थाइल्याण्ड उडेको नेवानिको जहाज बंगलादेशमा आकस्मिक अवतरण

काठमाडौं – काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।

नेपाल एयरलाइन्सका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार इण्डिकेटरले कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएको संकेत गरेको थियो । सोहीकारण जहाज बंगलादेशको चटगाउँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । आरए ४०१ उडान नम्बर रहेको ए३२० जहाजको कार्गोमा रहेको सामान झारेर जहाज भने पुनः बैंकक उडाउने तयारी भइरहेको बताइएको छ । ‘इण्डिकेटरले संकेत गरेपनि अवतरणपछि चेकजाँच गर्दा कुनै खराबी देखिएन,’ सहायक प्रवक्ता घिमिरेले भने, ‘जहाज पुनः बैंकक उड्दैछ ।’ जहाजमा १५२ जना यात्रु सवार छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार