निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै माओवादी ललितपुर जिल्ला संयोजक र सचिवले दिए राजीनामा

काठमाडौं – निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले राजीनामा दिएका छन् । ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका हुन् ।

ललितपुर क्षेत्र नम्बर ३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित भएकी थिइन् । क्षेत्र नं. ३ को प्रदेश सभा १ बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित भएका थिए । यसैगरी ललितपुर क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि हार व्यहोरेका थिए । उनीहरुको हारको नैतिक जिम्मेवारी लिंदै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको स्रोतले बतायो ।

Dengue

कट्टेल स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवारसमेत थिए । तर उनी एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठसँग पराजित भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार