लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी-३ बाट विजयी

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका छन्। ८० वर्षका ठाकुर १६ हजार ३ सय ७५ मत ल्याएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।

ठाकुरले जसपाका उम्मेदवार हरिनारायण यादवलाई हराए। हरिनारायणले १४ हजार ३ सय २५ मत मात्रै ल्याए।

Dengue

यहाँ स्वतन्त्र उम्मेदवार रामआधार कापरले १२ हजार ७ सय ३३ मत ल्याए भने नेपाल संघीय समाजवादी पार्टीका इलियास अंसारीले ४ हजार नौ सय ४९ मत ल्याए। जनमत पार्टीका मृगेन्द्र यादवले ४ हजार २ सय ५२ मत ल्याएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार