अर्घाखाँचीमा एमाले पहिलो दल, स्वतन्त्र पार्टी तेस्रो

अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो ।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेशसभामा एमालेकै चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

Dengue

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठूलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ । त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठूलो दल भएको छ ।

नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीले भने लज्जाजनक मत प्राप्त गरेको छ । एकीकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गर्दा राष्टिय प्रजातन्त्र पार्टीले ९ सय १२ मत प्राप्त गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार