स्वतन्त्र उम्मेदवारी दिएर जीत हात पार्ने व्यक्तिहरू

काठमाडाैँ – स्वतन्त्र उम्मेदवारी दिएर जीत हात पार्ने व्यक्तिहरू

१. प्रभु साह, रौतहट–३

Dengue

रौतहट निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार प्रभु साह विजयी भएका छन् । साहले निकटतम् प्रतिस्पर्धी अर्का स्वतन्त्र उमेदवार ओमप्रकाश जैसवाललाई ७ हजार २३७ मतान्तरले पराजित गरे ।

स्वतन्त्र उमेदवार साह ३२ हजार ४३७ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी अर्का स्वतन्त्र ओमप्रकाशले २५ हजार २०० मत पाए ।

२. अमरेशकुमार सिंह, सर्लाही क्षेत्र नं. ४

सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्रबाट कांग्रेसका बागी उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन् । सिंहले २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन् भने पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् । यस्तै, स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।

३. योगेन्द्र मण्डल, मोरङ–५

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनसहित एमाले र जसपाको पनि गठबन्धनलाई फराकिलो मतान्तरले हराउँदै स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल (जोगी) विजयी भएका हुन् । मण्डलले २१ हजार ८ सय २० मत ल्याउदा सत्ता गठबन्धनवाट माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत र एमाले, जसपा गठबन्धनमा जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत पाएका छन् ।

४. 

रौतहटको क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार किरण साह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका फिरदोस आलमलाई ४ हजार ५९४ मतान्तरले पराजित गरेका हुन् । साहले ३२ हजार ८४२ मत ल्याउँदै विजयी भएको मुख्य निर्वाचनको कार्यालय गौरले जनायो ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आलमले २८ हजार २४८ मत पाए । मुस्लिम बाहुल्य क्षेत्रमा साह पहिलो पटक विजयी भएका हुन् ।

५. लालवीर चौधरी, बर्दिया–२

बर्दिया क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्म्दवार लालवीर चौधरी निर्वाचित भएका छन् । नागरिक उन्मुक्ति पार्टीका नेता उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले नेकपा माओवादी केन्द्रका सुरेश पन्थलाई १ सय ३६ मतले पराजित गरेका छन् । लालवीर २६ हजार ५२० मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका पन्थले २६ हजार ३८४ मत पाएका छन् । लालवीर रेशमका बुवा हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार