दार्चुला प्रदेशसभा–१ बाट काँग्रेसका विक्रम धामी जीत नजिक, एमालेका जोशी २ हजार मतले पछाडी

काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–१ बाट नेपाली काँग्रेसका विक्रम धामी जीत नजिक पुगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई १९ सय ७८ मतले पछि पार्दै धामी जीत नजिक पुगेका हुन् । धामीले १४ हजार ४ सय मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्दी एमालेका जोशीले १२ हजार ४२२ मत पाएका छन् ।

प्रदेशसभा–१ मा पाँच पालिका पर्दछन् । ब्यास, दुहु, महाकाली र मालिकार्जुनको मतगणना सम्पन्न भएको छ । लेकम गाउँपालिका वडा नं. १,२,३,४को मत गणना सकिएको छ भने ५ र ६ को मत गण्ना हुन बाँकी छ । धामी निर्वाििचत हुने लगभग पक्कापक्की भएको छ । प्रदेशसभा–२ मा यस अघि नै गठबन्धनका उम्मेदवार मानबहादुर धामी सन्तोष निर्वाचित भइसकेका छन् ।

Dengue

धामी लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार हुन् । धामी यस अघि २०७४ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । धामी नेकपा एमाले गणेशसिंह ठगुन्नासँग पराजित भएका थिए । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले प्रतिनिधिसभामा उम्मेदवारी दिएपछि धामीले प्रदेशसभा–१ बाट उम्मेदवार बनेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार