काठमाडौँ – मतदानका क्रममा भएका अवाञ्छित गितिविधि रोक्ने क्रममा २३ भन्दा धेरै ठाउँमा गोली चलाउनु परेको प्रहरीले जनाएको छ । ११ वटा जिल्लाको २३ ठाउँमा एक सय २२ पटक भन्दा धेरै हवाइ फायर गरेको विवरण प्राप्त भएको वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार मतपेटिका फुटाउने, मतपेटिका लुट्न खोज्ने, जबरजस्ती मतदान केन्द्रभित्र प्रवेश गर्न खोज्ने लगायतका गतिविधि भएपछि खराब अवस्था आउन नदिन हवाइ फायर गर्नुपरेको हाे ।
प्रतिक्रिया दिनुहोस्