गठबन्धन आगामी तीन चुनावसम्म : प्रधानमन्त्री

चितवन– नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन तीन वटा चुनावसम्म जाने बताउनुभएको छ ।

चितवनको चुनावी सभामा प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर दुई पटक संसद विघटन गरेको आरोप लगाउनुभयो । चितवनको भरतपुरमा भएको लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभामा प्रधानमन्त्री देउवाले ओलीले संसदलाई खेलौना मानेको उल्लेख गर्नुभयो ।

dashain shuvakamana
Discovery School

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘एकताबद्ध नेपाल बनाउन गठबन्धनका उमेदवारलाई जिताउन आवश्यक छ, गठबन्धनको उमेदवारको विजयीको सुरुवात् चितवनबाट होस्, समृद्धिको यात्राको थालनी चितवनबाट हुन्छ ।’

प्रधानमन्त्री देउवाले स्थानीय तहको चुनावमा पनि चितवनमा गठबन्धनका उम्मेदवार विजयी भएको बताउँदै अहिलेको चुनावमा पनि गठबन्धनका उमेदवारलाई विजयी गराउन चितवनवासी लाग्नुपर्ने बताउनुभयो । सभामा प्रधानमन्त्री देउवाले राष्ट्रिय एकता स्थापित गरेर सम्पन्न नेपाल बनाउन गठबन्धनका उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार