धनगढीमा २२ गतेबाट सुदूरपश्चिम महोत्सव हुने, १० करोड बढीको व्यापार हुने अनुमान

कैलाली – धनगढीमा मंसिर २२ गतेबाट सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ। मंसिर २२ गतेबाट पुस २ गतेसम्म धनगढीमा महोत्सव लाग्ने भएको हो।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा महोत्सव लाग्ने भएको बताइएको छ। सुदूरपश्चिमको व्यापार, व्यवसाय तथा‌ कला संस्कृतिलाई संरक्षण गर्नका लागि महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए। विगत दुई वर्षदेखि कोरोना संक्रमणका कारण भव्यताका साथ आयोजना गर्न नसकिएको महोत्सव यो वर्ष भने अरु वर्षभन्दा फरक हुने उनले बताए। २०७८ मा आयोजना गरिएको स्थल पशुपती टोलमा नै महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सव आयोजना गर्न अनुमानित २ करोड लगानी‌ लाग्ने र महोत्सवमा सहभागी व्यवसायीले १० करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ।

Seti Hospital

धनगढीमा सुदूरपश्चिम महोत्सव २०६३ सालबाट आयोजना गर्न थालिएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार