सहकर्मीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरी इन्स्पेक्टर थुनामा

काठमाडौँ – बलात्कार प्रयास गरेको आरोप लागेका धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका तत्कालीन इन्स्पेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। महिला प्रहरीमाथि बलात्कार प्रयासको आरोप लागेका अपूर्वलाई मंगलबार जिल्ला अदालत धादिङले पुर्पक्षको लागि थुनामा पठाएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी श्यामबहादुर खत्रीका अनुसार उनीविरूद्धको अनुसन्धान सकेपछि सरकारी वकिलको कार्यालयले सोमबार अदालतमा मुद्दा दर्ता गरेको थियो। मुद्दा दर्ता भएसँगै मंगलबार बसेको इजलाशले उनलाई थुनामा पठाएको उनले बताए।

Galaxy

गत असोज १६ गते बिहान १ बजेतिर इन्स्पेक्टर अपूर्वले खानीखोलाकै ब्यारेक भित्र महिला प्रहरीमाथि बलात्कारको प्रयास गरेको आरोप छ। पीडित महिला प्रहरीले जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय धादिङले उनलाई पक्राउ गरेको थियो। उनी घटनापछि काठमाडौंमा आइपुगेका थिए। तर उनलाई धादिङ फिर्ता बोलाएर पक्राउ गरेको थियो। उनीविरूद्ध प्रहरीले जाहेरी, सिसिटिभी फुटेज, बयान लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार