लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउनुस्, मिलेर विकास गर्छौं : उम्मेदवार सोडारी

चौमाला– कैलाली क्षेत्र नम्बर ४ मा विकासको लहर फुटाउन लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीले बताएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीमा आयोजित शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका सोडारीले प्रतिनिधि सभाको निर्वाचनमा वीरबहादुर बलायर र प्रदेश सभा निर्वाचनमा आफूलाई मतदान गरेर विजयी भएपछि कैलाली क्षेत्र नम्बर ४ को समग्र विकासका लागि केन्द्रदेखि प्रदेशसम्मका वृहत योजना ल्याउने प्रतिवद्धता जनाए ।
चुनाव हार्ने डरले विपक्षीले प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरलाई ‘टुरिष्ट’को आरोप लगाउने गरेको बताउँदै उनले भने,‘कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायर दाइ यहीँका स्थानीय हुन् ।’ गोदावरी नगरपालिकाको अत्तरिया खानेपानी टंकी नजिकै बलायरको बसोबास रहेको बताउँदै उनले भने,‘ उहाँले यहीको ग्वाँसी माविमा पढाएको र उहाँका आमा बुबाको घर पनि मालाखेतीमै रहेको छ ।’
कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभाका लागि वीरबहादुर बलायर र प्रदेश ‘क’ मा आफू स्वयम् उम्मेदवार रहेको बताउँदै उनले भने,‘प्रतिनिधि सभाका लागि रुख चिन्हमा छाप लगाएर बलायर र प्रदेश सभामा कलम चिन्हमा छाप लगाएर मलाई जिताइदिन आग्रह गर्दछु ।’ कार्यक्रममा बोल्दै उनले बाम–लोकतान्त्रिक शक्तिबीच देश र संविधान बचाउनका लागि गठबन्धन भएको बताए । यो निर्वाचन अहिले अतिवादी केपी ओली प्रवृत्तिका विरुद्ध भएको बताउँदै भने,‘हाम्रो लडाइँ भनेको ओली प्रवृत्तिका विरुद्ध हो । ओली प्रवृत्ति देशमा हावी भएमा प्रतिगमन बढ्ने खतरा भएकाले बाम–लोकतान्त्रिक गठबन्धन देशको रक्षार्थ एक ठाउँमा उभिएको हो ।’
कार्यक्रममा बोल्दै सोडारीले समानुपातिक ढंगबाट निर्वाचन क्षेत्रमा करोडौंका बहुवर्षिय योजनाहरु सुचारु भइरहेको पनि बताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा के कति योजनाहरु आएका छन्, ती बारे यहीँका जनतालाई छर्लङ्गै भएको बताउँदै भने,‘कति योजनाहरु निर्माण सम्पन्न भइसकेका छन् भने कति योजनाहरु ठेक्का प्रकृयामै छन् ।’
कार्यक्रममा नेपाली कांग्रेस समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार साधना विसी, नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश सदस्य तथा समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार खडक बम, नेकपा माओवादी केन्द्रका तर्फबाट समानुपातिक प्रदेश सभा सदस्यका उम्मेदवार जानकी पौडेल कुँवरले प्रतिगमनलाई परास्त गरी लोकतान्त्रिक बाम गठबन्धनलाई विजयी गराई संविधान र राष्ट्रियता बचाउन मतदान गर्न आह्वान गरेका थिए ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान क्षेत्रीय सभापति दिनेशराज जोशी, माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य उद्धव भट्टराई, नेपाली कांग्रेसका निवर्तमान नगर सभापति हेमप्रकाश उप्रेतीलगायतका नेताहरुले बोलेका थिए ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार