ढकियाले थारूहरुलाई झुक्याउँदैछ : यज्ञराज चौधरी

चौमाला–केही व्यक्तिहरुले नागरिक उन्मुक्ति पार्टी थारूहरुको पार्टी भएको र ढकियामा भोट हाल्ने भन्दै थारू समुदायलाई झुक्याइरहेको कांग्रेसका महासमिति सदस्य यज्ञराज चौधरीले बताएका छन् । कैलाली क्षेत्र नम्बर ४ को चौमालामा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै नेता चौधरीले व्यक्तिगत स्वार्थका लागि केही समूह थारू सेन्टिमेन्ट लिने दाउँमा लागेको बताए । उनले भने,‘थारूको पार्टी नभई व्यक्तिगत स्वार्थका लागि केही जमातले खोलेको संगठन भएको र त्यसतर्फ थारू समुदाय नझुक्किनुहोला ।’ सदियौँदेखि कमैयाको दासमा बाँधिएका थारू समुदायलाई शेरबहादुर देउवाको प्रधानमन्त्रित्व कालमै मुक्त गरिएको स्मरण गर्दै उनले भने,‘हाम्रा थारू दाजुभाइलाई कांग्रेस नेतृत्वको सरकारले नै कमैया मुक्त गराएको हो, न कि नागरिक उन्मुक्तिले ।’ उनले कैलाली क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका लागि वीरबहादुर बलायरलाई रुखमा र प्रदेश सभा ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीलाई कलम चिन्हमा मतदान गरी बाम–लोकतान्त्रिक गठबन्धनलाई विजय गराउन थारू समुदायलाई आग्रह गरे ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार