‘परिवर्तनशील युवा क्लब’ धनगढी-१७ द्वारा दसैंतिहार विशेष खुल्ला भलिबल प्रतियोगिताको आह्वान, टिम दर्ता खुला

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. १७ मा सक्रिय ‘परिवर्तनशील युवा क्लब’ को आयोजनामा आगामी दसैंतिहारको अवसर पारेर भव्य भलिबल प्रतियोगिता हुने भएको छ। युवाहरूमा खेलकुदप्रतिको उत्साह जगाउने र स्थानीय स्तरमा खेल प्रतिभा उजागर गर्ने उद्देश्यले क्लबले ‘दसैंतिहार विशेष खुल्ला भलिबल प्रतियोगिता -२०८३’ आयोजना गर्ने घोषणा गरेको हो।

क्लबले जारी गरेको सूचना अनुसार प्रतियोगिता आगामी २०८३ कार्तिक १८ देखि २१ गतेसम्म सञ्चालन हुनेछ। उक्त प्रतियोगितामा टिम दर्ताका लागि खुला आह्वान गरिएको छ भने टिम दर्ता गर्ने अन्तिम मिति २०८३ साल कार्तिक १७ गतेसम्म तोकिएको छ। प्रतियोगितामा भाग लिन चाहने टिमले रु. १,५५५/- टिम दर्ता शुल्क तिरेर आफ्नो नाम दर्ता गराउन सक्नेछन्।

प्रतियोगितामा विजेता हुने टिमका लागि आकर्षक पुरस्कार राशि राखिएको छ। जसअनुसार प्रथम पुरस्कार रु. २०,००० (बीस हजार) नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय पुरस्कारका लागि आकर्षक नगद राशि (कार्तिक १७ गते तोकिने) सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। खेलसम्बन्धी अन्य थप नियम तथा जानकारीहरू पछि समितिले उपलब्ध गराउने जनाइएको छ।

टिम दर्ता तथा थप सहजीकरणका लागि क्लबले पदाधिकारीहरूको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ:

  • उपाध्यक्ष: शंकर साउद (९७६९८३७९७०)
  • सचिव: बिमल बोहरा (९७६११८३५४४)
  • कोषाध्यक्ष: सुनिल सिंङ बोहरा (९७४७२९४७७६)
  • अध्यक्ष: लोकराज जोशी (९८६५७९२४७०)

दसैंतिहारको उल्लासलाई खेलकुदसँग जोड्दै स्थानीयस्तरमा आपसी सद्भाव र भलिबलप्रतिको क्रेज बढाउन यस प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। क्लबले सम्पूर्ण खेलप्रेमी, खेलाडी तथा युवाहरूलाई समयमै टिम दर्ता गराएर प्रतियोगितामा सहभागी हुन हार्दिक अनुरोध गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार