धनगढी : सुदूरपश्चिमको चर्चित डिजिटल न्युज संस्था ‘कल २४ न्युज मिडिया’ को आयोजनामा हुन गइरहेको ‘कल २४ न्युज कप फुटसल प्रतियोगिता २०८३ सिजन २’ लाई थप भव्य र प्रतिष्ठित बनाउने क्रममा देशका नामी शैक्षिक तथा व्यावसायिक संस्थाहरूको सहभागिता जोडिएको छ। यसअघि नै मुख्य प्रायोजक (टाइटल स्पोन्सर) मा सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था एसपिए कलेज (SPA College) जोडिसकेको छ भने अब यस प्रतियोगिताको सह-प्रायोजकका रूपमा काठमाडौँका दुई प्रतिष्ठित संस्थाहरू ‘करियर स्टेसन एजुकेसन सर्भिस प्रालि (Career Station Education Service Pvt. Ltd.)’ र ‘मिल्टन इन्टरनेसनल कलेज (Milton International College)’ आधिकारिक रूपमा जोडिएका छन्।
युवा र खेलकुद क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितालाई अझै आकर्षक बनाउन प्रायोजक संस्थाहरूले विद्यार्थी तथा खेलाडीहरूका लागि विशेष छुट तथा अफरहरूको घोषणा गरेका छन्। प्रतियोगिता अवधिभर ‘करियर स्टेसन’ मा आएर भाषा कक्षा लिन चाहने विद्यार्थीहरूका लागि IELTS र PTE को फुल कोर्स मात्र रु. २,५०० मै पढाउने व्यवस्था गरिएको छ। त्यसैगरी, यदि कोही विद्यार्थीहरू यसै अवधिमा करियर स्टेसनमार्फत विदेश अध्ययनका लागि एप्लाई गर्न चाहेमा उनीहरूका लागि सर्भिस चार्ज पूर्ण रूपमा निःशुल्क (फ्री) गरिएको छ।
त्यस्तै, सह-प्रायोजक ‘मिल्टन इन्टरनेसनल कलेज’ मा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि पनि विशेष छात्रवृत्ति योजना ल्याइएको छ। यस कलेजमा BBA र BBM अध्ययन गर्न चाहने योग्य ३–३ जना विद्यार्थीहरूलाई ५० प्रतिशत छुट (छात्रवृत्ति) प्रदान गरिनेछ। शिक्षा र खेलकुदको यस किसिमको अनौठो संयोजनले विद्यार्थीहरूलाई खेलकुदप्रतिको आकर्षणसँगै उच्च शिक्षा र वैदेशिक अध्ययनका लागि पनि सुनौलो अवसर प्रदान गर्ने विश्वास लिइएको छ।
प्रतियोगिताका खेलहरू आगामी असोज २४ गतेबाट सुरु हुनेछन् भने हिजो मात्रै पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले आधिकारिक खेल तालिका समेत सार्वजनिक गरिसकेको छ। प्रतियोगितालाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ। जसअनुसार पुरुषतर्फको विजेता टोलीले रु. ५०,०५५ र द्वितीय हुने टोलीले रु. ३०,०५५ प्राप्त गर्नेछन्। त्यस्तै, महिलातर्फको प्रतिस्पर्धामा प्रथम हुने टोलीले रु. २२,२२२ र द्वितीय हुने टोलीले रु. ११,१११ नगद पुरस्कार प्राप्त गर्नेछन्। यसबाहेक उत्कृष्ट किपर, उत्कृष्ट स्कोरर र म्यान अफ द टुर्नामेन्ट लगायतका विधागत पुरस्कारहरूको समेत व्यवस्था गरिएको छ।




प्रतिक्रिया दिनुहोस्