सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भोलि (बुधबार) प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ। हाल बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने बजेट प्रस्तुत गर्ने कार्यतालिका तय गर्न आज प्रदेशसभामा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ।

सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलका अनुसार सबै मन्त्रालयले आ-आफ्ना योजना तथा कार्यक्रमहरू पेश गरिसकेका छन्। अहिले बजेट वक्तव्य तयार पार्ने लगायतका अन्तिम प्राविधिक कामहरू भइरहेको उनले जानकारी दिए।

बजेट पेश गर्ने तयारीसँगै प्रदेशसभामा पनि चहलपहल बढेको छ। सभामुख भीम भण्डारीले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको जानकारी दिएका छन्। उक्त बैठकले भोलि प्रदेशसभामा बजेट प्रस्तुत गर्ने कार्यसूची र प्रक्रियाबारे टुंगो लगाउनेछ। सभामुख भण्डारीका अनुसार बुधबार साँझ ५ बजे प्रदेशसभा बैठक आह्वान गरेर बजेट पेश गर्ने तयारी गरिएको छ।

यसअघि बजेट पारित हुन नसक्दा सुदूरपश्चिम प्रदेश लामो समयदेखि बजेटशून्यताको अवस्थामा रहँदै आएको छ। भोलि प्रदेशसभामा बजेट पेश भएपछि मन्त्रालयगत शीर्षकमाथिको छलफल र बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार