धान काट्ने कार्यक्रम सम्पन्न: पुस्तकको ज्ञानसँगै श्रम र व्यावहारिक शिक्षामा जोड

धनगढी :शैलेश्वरी बोर्डिङ्ग स्कुलले विद्यार्थीहरूलाई कृषि, श्रम र व्यावहारिक शिक्षासँग जोड्ने उद्देश्यले एक दिवसीय ‘धान काट्ने कार्यक्रम’ उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। विद्यालयले पठनपाठनसँगै प्रयोगात्मक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने नीति अन्तर्गत यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको निकै नै उत्साहपूर्ण सहभागिता रहेको थियो। खेतमा पुगेर विद्यार्थीहरूले धान काट्ने सीप सिक्नुका साथै कृषकहरूको श्रम र मेहनतलाई नजिकबाट महसुस गर्ने अवसर पाएका थिए।

कार्यक्रमको बारेमा बोल्दै विद्यालयका प्रिन्सिपल जगन्नाथ जोराले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा श्रमप्रतिको सम्मान, आत्मनिर्भरता, आपसी सहकार्य र व्यावहारिक ज्ञानको विकास गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले भने, “पुस्तकबाट प्राप्त ज्ञानसँगै जीवनबाट सिकेको ज्ञान नै पूर्ण शिक्षा हो।”

विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक धरातलमा उभ्याउन र अन्न उत्पादन गर्ने किसानप्रतिको आदरभाव जगाउन विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक र सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार