धनगढी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र नम्बर ५ (क) बाट कमल कुमार ऐडीले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। “युवा सोच, सबल कांग्रेस, समृद्ध नेपाल” भन्ने नाराका साथ उनले उम्मेदवारी सार्वजनिक गरेका हुन्।
इमानदार नेतृत्व र सुदृढ संगठनका लागि आफ्नो उम्मेदवारी रहेको ऐडीले बताएका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयमा स्नातक (Bsc.CSIT) तह उत्तीर्ण गरेका उनीसँग शैक्षिक तथा संगठनात्मक अनुभव छ।
उनी कैलाली बहुमुखी क्याम्पसका स्ववियु उपसभापति हुन्। २०७९ को स्ववियु निर्वाचनमा सदस्य निर्वाचित उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) धनगढी उपमहानगरपालिकाका नगर सचिव समेत हुन्।
करिब दुई वर्ष अध्यापनको अनुभव बटुलेका ऐडी विभिन्न सामाजिक संस्थामा आबद्ध भएर काम गरिसकेका छन्। पार्टीभित्र युवा नेतृत्व, वैचारिक स्पष्टता र सांगठनिक रूपान्तरणका लागि आफ्नो दाबी रहेको उनले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्