बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ

बैतडी : बैतडीमा चोरीको आरोपमा वडा सदस्यसहित चार जना पक्राउ परेका छन् ।

दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका बिनोद लुहारसहित चार जना चोरीको आरोपमा पक्राउ परेका हुन् ।

कार्यपालिका सदस्य वडा सदस्य बिनोद लुहार, महेश कुहार, तबिराम लुहार र लक्ष्मण मौनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

एक महिना अघि मात्रै दशरथचन्द नगरपालिका-५ आल गाउँका जयदेव भट्टको घरमा कोही नभएको मौका छोपी घरको छत फुटाएर तामाका भाडाकुडा चोरी भएको थियो ।

सोही चोरीको घटनामा संलग्न रहेको आरोपमा चारै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार