कैलाली कांग्रेस महाधिवेशन: एकै अस्पतालका दुई डाक्टर, फरक क्लस्टरबाट चुनावी मैदानमा

धनगढी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा एक अनौठो र चाखलाग्दो प्रतिस्पर्धा सुरु भएको छ। एउटै स्वास्थ्य संस्थामा कार्यरत दुई चिकित्सकले महाधिवेशन प्रतिनिधि पदका लागि फरक-फरक क्लस्टरबाट उम्मेदवारी दिएपछि यहाँको राजनीतिक वृत्त तातिएको छ।

धनगढीस्थित निसर्ग अस्पतालमा सेवारत डा. मेराज आलम अन्सारी र डा. प्रदीप मिश्रले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका हुन्। चिकित्सकीय पेसालाई मुख्य कर्म बनाए पनि पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय उनीहरूले आ-आफ्नो क्लस्टरबाट प्रतिनिधि बन्ने दौड तीव्र बनाएका छन्।

पार्टीको वर्तमान प्रदेश सदस्य तथा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका डा. अन्सारीले मुस्लिम/मधेसी क्लस्टरबाट उम्मेदवारी दिएका छन्। उनी नेपाल मेडिकल एसोसिएसनका प्रदेश सचिव र सोसाइटी अफ सर्जन्स नेपालका प्रदेश अध्यक्षसमेत हुन्। व्यावसायिक आबद्धतासँगै लामो समयदेखि पार्टी राजनीतिमा प्रभाव जमाउँदै आएका उनी आफ्नो क्लस्टरमा बलियो पकड भएको दाबी गर्छन्।

यसैगरी, प्रजातान्त्रिक चिकित्सक संघका प्रदेश संयोजक डा. मिश्रले भने ‘पेशागत विज्ञ क्लस्टर’बाट उम्मेदवारी प्रस्तुत गरेका छन्। नेपाल मेडिकल एसोसिएसनको प्रदेश अध्यक्ष भइसकेका उनी पनि स्वास्थ्य क्षेत्रको बौद्धिक तथा पेसागत नेतृत्वलाई कांग्रेसको मूलधारको राजनीतिमा स्थापित गर्नुपर्ने एजेन्डासहित चुनावी मैदानमा छन्।

एउटै अस्पतालका सहकर्मीद्वয়ले फरक क्लस्टरबाट उम्मेदवारी दिएपछि यसलाई कैलाली कांग्रेसमा अर्थपूर्ण रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो प्रतिस्पर्धाले स्वास्थ्यकर्मी र पेसागत विज्ञहरू पार्टीको नीति निर्माण तहमा पुग्न चाहन्छन् भन्ने गतिलो सन्देश दिएको छ। अब महाधिवेशन प्रतिनिधि छनोटका लागि हुने मतदानमा यी दुई चिकित्सकले कस्तो नतिजा ल्याउँछन् भन्नेमा सबैको चासो बढेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार