नाम ‘डोटेली समाज कैलाली’, काम सस्तो समाचारको धन्दा !

धनगढी : पुर्खौली घर डोटी भई हाल कैलालीका विभिन्न स्थानमा बसोबास गर्दै आएका डोटेली समुदायलाई एकताबद्ध गर्ने, भाइचारा अभिवृद्धि गर्ने र सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले स्थापित ‘डोटेली समाज कैलाली’ को नाममा फेसबुकमा सञ्चालित पेज भने आफ्नो मूल उद्देश्यभन्दा बाहिर गएर सस्तो प्रचारबाजीको थलो बनेको छ।
कैलालीलाई कर्मथलो बनाएका डोटेलीहरूबीच आपसी मेलमिलाप र चाडपर्वहरूमा ऐक्यबद्धता कायम गर्न भन्दै बनाइएको उक्त पेजमा अचेल सामाजिक एकता वा संस्कृति प्रवर्द्धनका सामग्रीभन्दा बढी सनसनीपूर्ण भिडियो, ‘ब्रेकिङ न्युज’ र राजनीतिक स्टन्टहरू पोस्ट हुने गरेका छन्। कुनै आधिकारिक सञ्चारमाध्यम जस्तै गरी पस्किएका यी सामग्रीहरूले संस्थाको मर्म र मर्यादामाथि नै प्रश्न उठाएको स्थानीयको गुनासो छ।
पेजको मुख्य पृष्ठमा ‘डोटेली समाज कैलाली जनताको आवाज’ लेखिए पनि त्यसमा राखिएका अधिकांश ‘रिल्स’ तथा भिडियोहरू भने सस्तो लोकप्रियता र भ्युज कमाउने उद्देश्यले प्रेरित देखिन्छन्। सर्वसाधारणलाई जोड्ने साझा चौतारी हुनुपर्ने पेजबाट तथ्यहीन र भ्रामक समाचारको शैलीमा सामग्री सम्प्रेषण भइरहँदा समेत समाजका जिम्मेवार पदाधिकारीहरू भने बेखबर जस्तै बनेका छन्।
उक्त फेसबुक पेज कसले र कुन नियतले चलाइरहेको छ भन्ने विषयमा स्वयम् डोटेली समाजका सदस्यहरू नै अनभिज्ञ छन्। संस्थाको नाम र लोगो प्रयोग गरेर गैर-जिम्मेवार सामग्री निरन्तर पोस्ट भइरहँदा पनि कार्यसमितिले कुनै चासो नदेखाएको भन्दै सर्वसाधारणले नेतृत्वको भूमिकामाथि नै आशङ्का व्यक्त गर्न थालेका छन्।
साझा पहिचान र भावनात्मक एकतासँग जोडिएको संस्थाको नाम दुरुपयोग गरेर भ्रामक प्रचार गर्ने कार्यले सिङ्गो डोटेली समुदायको साख गिर्न सक्ने खतरा बढेको छ। त्यसैले उक्त पेजको आधिकारिकता स्पष्ट पार्न, अनर्गल सामग्री सम्प्रेषण रोक्न र यदि अनाधिकृत रूपमा संस्थाको नाम प्रयोग गरिएको भए कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन स्थानीयले समाजका पदाधिकारीहरूसँग माग गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार