काठमाडौं : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मीनबहादुर बोहराले आफ्नो जिम्मेवारी सम्हालेका छन्।
जिम्मेवारी सम्हाल्दै सीईओ बोहराले संस्थालाई थप सुदृढ बनाउँदै सदस्य तथा ग्राहकको हितलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थासामु रहेका चुनौतीलाई अनुभवी व्यवस्थापन टोली, कर्मचारी, शेयरधनी तथा सदस्यहरूसँगको सहकार्य र समन्वयमार्फत समाधान गर्ने बताए।

लघुवित्त क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव रहेका बोहराले सहायक तहबाट आफ्नो वित्तीय क्षेत्रको व्यावसायिक यात्रा सुरु गरी शाखा प्रमुख, विभागीय प्रमुख हुँदै विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यकारी तहको छठौंपटक जिम्मेवारी सम्हालेसम्हालेका हुन्।
करिब ६१ जिल्लामा सेवा विस्तार गरेको नेरुडे मिरमिरे लघुवित्तले करिब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तो ठूलो सञ्जाल र लगानीको जिम्मेवारी सम्हाल्दै संस्थालाई थप प्रभावकारी, सुदृढ र सदस्यकेन्द्रित बनाउने आफ्नो प्राथमिकता रहेको बोहराले बताए।
‘सीईओको रूपमा यस संस्थामा आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु,’ बोहराले भने, ‘संस्थासँगै सदस्य तथा ग्राहकको हितलाई केन्द्रमा राखेर काम गर्नेछौं।’

देशले कोरोना महामारी, बाढीपहिरोलगायत विभिन्न विपत्तिको सामना गरिरहेको अवस्थामा पनि वित्तीय संस्थाले आफ्नो जिम्मेवारी निरन्तर पूरा गर्नुपर्ने उनको भनाइ छ। विपरीत परिस्थितिमा पनि सदस्य तथा ग्राहकलाई आवश्यक वित्तीय सेवा उपलब्ध गराउन संस्था प्रतिबद्ध रहनुपर्ने उनले बताए।
अनुभवी टिम, शेयरधनी, कर्मचारी तथा सदस्यहरूसँग सहकार्य गर्दै संस्थालाई अझ सबल र उत्कृष्ट वित्तीय संस्थाका रूपमा अघि बढाउने बोहराले प्रतिबद्धता व्यक्त गरे।
‘म यहाँ काम गर्न सक्छु र संस्थालाई अझ राम्रो बनाउन सक्छु भन्ने विश्वासका साथ आएको हुँ,’ उनले भने।




प्रतिक्रिया दिनुहोस्